काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार २ सय रुपैयाँले बढेको सुन आज भने ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ८५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
