काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) नेपाली बजारमा सुनको भाउ केही बढेको छ। बुधबार स्थिर रहेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
