भारतमा कोरोना भ्याक्सिन विदेश पठाउन प्रतिबन्ध, १९० देशमा असर पर्ने

काठमाडौँ । भारतले आफ्नो देशमा कोरोना संक्रमित बढ्दै गएसँगै कोरोना भ्याक्सिन निर्यात रोकेको छ। अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा रोक लगाएको हो।

विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेअनुसार भारतमै कोरोना संक्रमित संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यात रोकिएको हो।

Advertisement

भारतमा कोरोनाको नयाँ लहर शुरू भएको छ, जहाँ दिनहुँ ५० हजारको हाराहारीमा संक्रमित भेटिइरहेका छन्।

अहिले भारतभर कोरोना विरुद्धको भ्याक्सिन माग भइरहेको छ। त्यसैले अब अप्रिल महिनाको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्याक्सिन पठाउने छैन।

भारतले निर्यात रोक्दा कोभ्याक्स योजनाअन्तर्गत खोप प्राप्त गर्ने १९० देशमा असर पर्नेछ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेतृत्वमा कोभ्याक्सअन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्य छ।

भारतले अहिलेसम्म ७६ देशमा करिब ६ करोड डोज भ्याक्सिन पठाइसकेको छ।

More News last news
Loading...