ज्योति लाइफको आइपिओ भोलि बाँडफाँड हुँदै, कतिले पाउँछन् ?

काठमाडौँ । ज्योति लाइफको आइपिओ चैत १३ गते शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार सो दिन बाँडफाँड गर्नेगरी तयारी भएको छ।

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँडमा केही ढिलाई भएको छ। सामान्यतः आइपिओको बिक्री बन्द भएको एक सातामा बाँडफाँड हुँदै आएकोमा यसमा २ साताभन्दा बढी समय लाग्ने भएको छ।

Advertisement

आवेदकको संख्या पनि यसमा हालसम्मकै उच्च थियो। १८ लाखले आवेदन दिएका छन्। कुल ६६ लाख कित्ता सर्वसाधारण समूहको सेयर जारी भएकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ।

यसर्थ ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाउने छन्। करिब १२ लाखको हात रित्तो हुने भएको छ।

ज्योति लाइफ इन्स्योरेन्स पछिबाट खुलेको नयाँ बीमा कम्पनी हो। नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन्।

आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन्।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ।

More News last news
Loading...