७६औँ जिल्लामा फैलियो ग्लोबल आइएमई बैंक

काठमाडौँ । ग्लोबल आइएमई बैंकले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८, मार्तडीमा मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

नयाँ शाखाको शुरुआतसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ।

Advertisement

ग्लोबल आइएमई बैंकले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सयभन्दा बढी सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

यसैबीच बैंकले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५६ पुगेको छ ।

More News last news
Loading...