काठमाडौँमा फुटबलः पहिलो खेलमा बङ्गलादेश विजयी, विहिबार नेपाल र किर्गिस्तान भिड्दै

काठमाडौँ । काठमाडौंमा आजदेखि शुरु भएको त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश विजयी भएको छ।

दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले किर्गिस्तानलाई एक शुन्य गोलले हराएको हो। बंगलादेशको जितमा किर्गिस्तानले आत्मघाती गोल मार्फत दिएको उपहार गोल नै निर्णायक बन्यो।

Advertisement

खेलको ३० औं मिनेटमा किर्गिस्तानका खेलाडीले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे। बंगलादेशका मोहमद साद उडिनले गरेको क्रसमा किर्गिस्तानका डिफेन्डर कुमारवज अलु बइमान आफ्नै पोष्टमा गोल गर्न पुगे।

त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन। जितसँगै बंगलादेशले महत्वपूर्ण ३ अंक जोडेको छ।प्रतियोगितामा विहिबार नेपालले किर्गिस्तानसँग खेल्नेछ। खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा हुनेछ।

More News last news
Loading...