काठमाडौँ । वैज्ञानिकहरुले अर्बौं जीवको वासस्थान रहेको पृथ्वीको एक भाग अर्को भागको तुलनामा अत्यन्त छिटो चिसो भइरहेको तथ्य पत्ता लगाएका छन्।
नर्वेस्थित ओस्लो विश्वविद्यालयले हालै गरेको एक शोधमा अफ्रिकी भू-भागको तुलनामा प्रशान्त महासागरको भू–भाग तिब्र रुपमा चिसो हुँदै गइरहेको थाहा पत्ता लगाएका हुन्।
यस अनुसन्धानमा ४० करोड वर्षसम्मको मोडल र डाटालाई कम्प्युटरका माध्यमले अवलोकन गरिएको थियो। उक्त मोडल र डाटाको आधारमा कुन गोलार्द्ध महाद्विपीय पिण्डभन्दा कति अलग थियो भन्ने गणना गरिएको थियो।
यो शोध हालै जिओफिजिकल रिसर्च लेटर्सु (Geophysical Research Letters) मा प्रकाशित छ। समाचार स्रोतका अनुसार वास्तवमा पृथ्वीभित्र एक प्रकारको रातो र तातो लेदो (रेड हट लिक्विड) पदार्थ हुन्छ। यसले सम्पूर्ण ग्रहलाई भित्रबाट तातो बनाएर राख्ने काम गर्छ।
यो तातो लेदो घुमिरहन्छ, जसले गर्दा गुरुत्वाकर्षण तथा पृथ्वीको म्याग्नेटिक फिल्ड बन्ने गर्छ। गुरुत्वाकर्षण र म्याग्नेटिक फिल्डका कारण जीवन प्रदायक वातावरण पृथ्वीको सतहमा बाँधिएर रहन्छ।
यसको अभावमा पृथ्वीको सतहमा वातावरण रहन सक्दैन। वैज्ञानिकहरुको के अनुमान छ भने यो तातो लेदो धेरै लामो समयसम्म रहिरहन्छ र सेलाउँदै गएपछि विस्तारै पृथ्वी मङ्गल ग्रहजस्तो बन्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
