सस्तो भाडामा यात्रु बोकेको भन्दै पठाओ राइडरमाथि खनिए ट्याक्सी चालक

काठमाडौँ । सोमबार बेलुकी काठमाडौँको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि आक्रमण गरेका छन्।

आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको भन्दै ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेको पठाओ नेपालले बताएको छ।

Advertisement

सोमबार साँझ ६ बजेतिर एकजना पठाओ चालक ट्याक्सी चालकहरुबाट निर्घात कुटिएको प्रत्यक्षदर्शी एवं पर्यटन व्यवसायी ध्रुव सिंखडाले बताए।

यात्रु कुरेर बसेका पठाओ राइडरलाई सुरुमा ट्याक्सी चालकले लखेटे, उनीहरुले केहीबेर नाराजुलुस पनि गरे, त्यसपछि बाटोमा हिंडिरहेका पठाओ राइडरलाई कुटपिट गरे।

पठाओ र ट्यासीको विवादबारे सोध्दा प्रहरीको महाराजगञ्ज वृत्तका एक कर्मचारीले कुटपिट भएकोबारे जानकारी नआएको बताए।

होहल्ला गर्ने ७ जनालाई ट्याक्सी चालक तथा पठाओ राइडरलाई भने केहीबेर नियन्त्रणमा लिएर सााँझ नै छाडिएको वृत्तका डीएसपी रोशन खड्काले बताए।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले सोमबार साँझ ट्याक्सी चालक र पठाओ राइडरबीच सामान्य विवाद भएको र अहिले समझदारीको प्रयास भइरहेको बताए।

More News last news
Loading...