काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको भाउ थोरै घटेको छ ।
सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज दुई सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज तेजावी सुन ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज चाँदीको भाउ २० रुपैयाँले घटेको हो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
