विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा मन्दिरलाई सरसफाइ सामग्री वितरण

काठमाडौँ । विश्व हिन्दू युवा संघ स्याङ्जा शाखाले स्याङ्जाको भीरकोट-४ छाङछाङ्दी मन्दिरमा हिन्दू जागरण एबम् सरसफाइ सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि केसीको हातबाट मन्दिरलाई सरसफाइ सामग्री सञ्चालक समितिलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भिरकोट नगरपालिका-१ का वार्ड अध्यक्ष एबम् नगरपालिकाका प्रवक्ता दीपेन्द्र केसीले सनातन धर्मको रक्षाको निम्ति सबैलाई मान्य हुने गरी हिन्दू जागरण अभियान आवश्यक रहेको बताए ।

Advertisement

हिन्दू धर्म माथि पछिल्लो समय पराहर भएको र यसकालागि हिन्दू युवा संघ लाई सनातन धर्मको रक्षाको निम्ति खडा हुन उनको आग्रह थियो । उनले भीरकोट नगरपालिकाको सक्रियतामा छायाक्षेत्र मा १०० फीट अग्लो त्रिशुल निर्माण गर्ने कार्य अगाडी वढिसकेको जानकारी गराउँदै त्यसका लागि आफूले व्यक्तिगत तर्फबाट ११,१११ रुपैया सहयोग गर्ने घोषणा समेत गरे।

यस्तै कार्यक्रममा विश्व हिन्दू महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डे, विश्व हिन्दू महासंघ भिरकोटकका अध्यक्ष नन्दु खनाल, विश्व हिन्दू महासंघ वालिङ नगरपालिका अधक्ष्य सीताराम अधिकारी, विश्व हिन्दू महासंघ वालिङ नगरपालिका सचिव भुपराज बगाले, विश्व हिन्दू युवा संघ का केन्द्रीय सदस्य दण्डपानी पंगेनी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले सभापतित्व ग्रहण गरेका थिए। पौडेलले हिन्दू राष्ट्र घोषणा गर्ने दिन अब नजिक नजिक आएको र यो अभियानमा जोडिन को लागि सम्पूर्ण नेपालीहरुलाई अपिल गरेका थिए।

साथै यस छाङछङ्दी मन्दिरलाई संरक्षणको निम्ति विशो हिन्दू युवा संघ स्याङ्जा सदैव तत्पर रहेको कुरा जनाए। आगामी दिनमा मन्दिर सञ्चालक समिति संग हातेमालो गर्दै छायाक्षेत्र लाई विश्व भर चिनाउने कुरा जनाए। कार्यक्रम मा स्वागत मन्तव्य प्रज्वल रणपालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सक्रिय युवा हरी रेग्मीले गरेका थिए।

More News last news
Loading...