काठमाण्डौ । खानेकुरा अनलाइन अर्डर मार्फत घरघरमा पुर्याउने अनलाइन खाजा स्टोर ‘भोज’ ले मार्च १२ देखि १८ तारिख बिहिवार सम्म वृहत अनलाइन खाना मेलाको सन्चालन गरिरहेकाे छ।
७ दिन सम्म चल्ने मेलामा विभिन्न अनलाइन कार्यक्रम तथा प्रतियोगिताहरु चलिरहेको बताइएको छ।
यो दौरानमा उपत्यका भित्रका रेष्टुराँहरुबाट खाना अर्डर गरे वापत ७० प्रतिशतसम्म छुट पाइने र इसेवा र फोनपेका माध्ययमबाट बिल तिर्दा ३० प्रतिशत क्यास ब्याक पाइने भोजको संस्थापक निकेत अग्रवालले बताए।
साथै कोका कोला, पठाओ सवारी, टु पिएम चाउचाउ र ब्लेन्डर (मिल्क सेक बार) बाट प्रत्येक अर्डरको साथ फ्रि-बिजहरू हुनेछन्।
चौथो संस्करणमा हुन लागेको अनलाइन खाना मेला यस वर्ष अन्य अनलाइन फूड फेस्टिवल भन्दा राम्रो हुने भोजको दावी छ।
खाद्य संस्कृतिलाई अझ आर्कषक बनाउन र खानाका पारखीहरुलाई सेवा गर्न भोजले २०१७ सालमा पहिलो पटक अनलाइन खाना मेला शुरु गरेको थियो। ‘भोज’ खानाका पारखीहरुका लागि लोकप्रिय मोबाइल एप हो।
हाल भोजले ५०० भन्दा बढि रेष्टुराँहरुसँग पार्टनसिप गरेको छ जसमा झण्डै दुई लाख ५० हजार मानिसहरु आवद्ध रहेका छन्। एन्ड्रोइड र आइओएसमा यो एप खाना र पिय पदार्थमा नेपालकै उत्कृष्ट तिनमा परेको छ। त्यस्तै प्लेस्टोमा यो एपलाई एक हजार भन्दा बढिले ४.५ रेटिङ दिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
