मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीका एकजना विश्वासपात्र युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन्।
उनलाई मोरङको शनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
नेकपा विभाजन हुँदा ओली पक्षबाट बास्कोटा केन्द्रीय सदस्य मनोनित भएका थिए। उनी लामो समययता भारत प्रवासमा बसेर ओलीको पक्षमा काम गर्दै आएका थिए।
१४ पुसमा भण्डारी पथरी शनिश्चरे–२ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए।
त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए।
किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
