पोखरामा अन्तराष्ट्रियस्तरको वीर योद्धा मुवाथाई च्याम्पियनसिपको आयोजना हुँदै

पोखरा । नयाँ वर्षको सुरुवातसँगै पोखरामा अन्तराष्ट्रियस्तरको वीर योद्धा मुवाथाई च्याम्पियनसिप आयोजना हुने भएको छ।

२०७८ बैशाख १० गते पोखरा रंगशालामा च्याम्पियनसिप आयोजना हुने भएको हो। साँझ ५ः३० देखि राती १० बजेसम्म च्याम्पियनसिप आयोजना हुने भएको हो।

Advertisement

नेपालमा आयोजना हुने अन्य खेलकुदका प्रतियोगिता भन्दा फरकशैलीमा आयोजना गरिने आयोजकले दावी गरेको छ।

च्याम्पियनसिपका विजेताले १ लाख, बल्ट र अन्य आकर्षक पुरस्कार प्राप्त गर्ने तय भएको र प्रतियोगिताको मितिसम्म पुरस्कार राशी बृद्धि गर्ने योजना समेत रहेको आयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए।

आयोजकका अनुआर च्याम्पियनसिपमा विभिन्न पाँच तौल समुहमा थाइल्याण्ड, भारत, नेपालका चितवन काठमाडौ र पोखराका प्रो फाइटरहरुको सहभागीता रहने छ।

प्रतियोगिताको टेलिभिजन, सामाजिक सञ्जाल फेसबुकबाट लाइभ हुने छ। च्याम्पियनसिपका लागि राष्टिय मुवाथाई एशोसियसन र विश्व मुवाथाई फेडरेसशनबाट स्वीकृति लिएर आयोजना गरिएको हो।

च्याम्पियनसिप सम्पन्न गर्न करिव ४७ लाख ५० हजार खर्च लाग्ने अनुमान गरेको आयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए।

च्याम्पिनयसिपलाई राष्टिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहने आयोजकले विश्वास लिएको छ।

More News last news
Loading...