काठमाडौँ । बुधबार पनि नेप्से परिसूचक घटेको छ । नेप्से बुधबार एक दशमलव ६ प्रतिशतले घटेको हो।
मंगलबारको तुलनामा ३९ दशमलव २३ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय १६ विन्दुमा झरेको हो। नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ।
आज २ सय १२ कम्पनीको ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको २९ करोड ९७ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयरमूल्य ८ दशमलव १६ प्रतिशत बढेको छ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स र बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
