नवलपरासीको दुम्कौलीमा दुईवटा ट्रक ठोक्किए: दुबै चालकको मृत्यु

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक गएराति १२ बजे आपसमा ठोक्किएका थिए। दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका वडा नं १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ७०२३ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ।

Advertisement

दुवै चालकको जिल्ला अस्पताल डण्डामा आज बिहान करिब तीन बजेतिर मृत्यु भएको हो।

दुर्घटनामा दुवै ट्रकका सहचालकहरु घाइते भएका छन् । घाइते हुनेमा तनहुँको बन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई–६ घर भएका सुन्दर खड्का भनिने घनश्याम खड्का छन्।

उनीहरु दुवैको अवस्था गम्भीर रहेको र उपचार गर्न चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको रजहर प्रहरीले जनाएको छ।

More News last news
Loading...