काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ।
अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज तेजावी सुन प्रतितोला ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
