एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ।
शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० गोलले पराजित गरेको हो।
डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मोइस किन र डानिलो पेरेइराको नाममा एक एक गोल गरे।
जितसँगै पीएसजी ५७ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित डिजोन १५ अंकसहित पुछारमा छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
