काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ।
मंगलबार तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ आज भने ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज तेजावी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
