क्लासिक टेकको १०० औँ आउटलेट कलंकीमा बिस्तार

काठमाडौँ । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ।

कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भू, चन्द्रागिरि क्षेत्र, थानकोटलगायतका ठाउँमा आफ्नो सेवा दिइरहेकोमा अब यिनै स्थानहरुका भित्री साना–साना ठाउँमा पनि सेवा–सुबिधा बढाउने उद्देश्यले कलंकीमा सेवा बिस्तार गरिएको कम्पनीले जनाएको छ।

Advertisement

क्लासिक टेकको नयाँ आउटलेट कम्पनीको १०० औँ आउटलेट पनि हो र हरेक आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना स्टाफ राखिएको छ।

क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट थियो। तर कोरोना भाइरस महामारीका कारण भएको लकडाउनपछि ५१ वटा आउटलेट बिगत ८ महिनामा तीब्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट बिस्तार गर्दै गएको कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर विनयकुमार अधिकारी बताए।

उनका अनुसार कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनका लागि आउटलेट खोलेको हो। सानोभन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको उनले बताए।

कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इन्ट्रानेट सेवाहरु दिँदै आइरहेको छ भने यो आर्थिक वर्षभित्र एफटिटिएचको माध्यमबाट होम युजरलाई पनि सेवा दिनको लागि १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको छ र यसै महिना पश्चिममा नेपालगञ्ज र पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा रहेको कम्पनीले जनाएको छ।

More News last news
Loading...