पाल्पा । पाल्पामा बालुवा खानीमा पुरिएर दुई जनाको ज्यान गएको छ । शनिबार दिउँसो भएको दुर्घटनामा पूर्वखोला गाउँपालिका–४ बालीपोखराका १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको ज्यान गएको हो।
स्थानीय छेबकुन भन्ने स्थानमा रहेको बालुवा खानीमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।
प्रहरीका अनुसार, पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्र लैजाने क्रममा बाटोमै ज्यान गएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
