काँग्रेसका पौडेल र परियारसहितको क्रियाशील छानविन समिति गठन, संयोजकमा लेखक

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको विधान बमोजिम क्रियाशील सदस्यता छानविन समितिको संयोजकमा रमेश लेखकलाई चयन गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम क्रियाशील सदस्याता छानविन समिति गठन गरी उक्त समितिको संयोजकमा लेखकलाई चयन गरेको महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिए।

Advertisement

यसैगरी, उक्त समितिको सदस्यमा प्रभावशाली युवा नेताहरु प्रदीप पौडेल, जीवन परियार, आनन्दप्रसाद ढुँगाना, श्यामकुमार घिमिरे, कल्याण कुमार गुरुङ र योगेन्द्र चौधरी गरी ६ जना मनोनित भएका छन् ।

उक्त समितिले नेपाली काँग्रेसमा महत्वपूर्ण मानिने क्रियाशील सदस्य र यस सदस्यता सम्बन्धी आएका विवाद र समस्या समाधानको काम गर्ने छ।

क्रियाशीलको अन्तिम सूची असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने

काँग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ।

काँग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि पनि नयाँ कार्यतालिका प्रस्ताव गरेको छ।

त्यसअघि विधानले तोकेको कार्यविधि बमोजिम क्रियाशील सदस्यताको नयाँ र नवीकरणका लागि यही फागुन २८ गते, क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि चैत १० गते र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय छानबिन समितिमा परेका उजूरी उपर छानबिन गरी केन्द्रमा पठाउनुपर्ने अवधि चैत मसान्तसम्म प्रस्ताव गरिएको छ।

बुधबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय असार ७ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने अवधि प्रस्ताव प्रस्तुत गरेका हुन्।

त्यसअघि विधानले तोकेको कार्यविधि बमोजिम क्रियाशील सदस्यताको नयाँ र नवीकरणका लागि यही फागुन २८ गते, क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि चैत १० गते र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय छानबिन समितिमा परेका उजूरी उपर छानबिन गरी केन्द्रमा पठाउनुपर्ने अवधि चैत मसान्तसम्म प्रस्ताव गरिएको छ।

भदौ ७ देखि १० गतेसम्म काँग्रेसको १४औँ महाधिवेशन

नेपाली काँग्रेसले १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्तावलाई पारित गरेको छ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव सामान्य संशोधनसहित अनुमोदन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

विधानअनुसार पाँच वर्षको अवधि यही फागुन १९ गते सकिने भएपछि विधानको धारा नै निलम्बन गरी केन्द्रीय कार्यसमितिको म्याद पनि ६ महिना थप गरेको हो।

 

More News last news
Loading...