फेसबुकमा समाचार शेयर तथा पोष्ट गर्न प्रतिवन्ध

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले फेसबुकमा समाचार शेयर तथा पोष्ट गर्न प्रतिवन्ध लगाएको छ।

फेसबुकको पेजमा समाचार शेयर गरेवापत कम्पनीले फेसबुकलाई पैसा तिर्नुपर्ने नयाँ कानुनको पालन गर्नका लागि सरकारले फेसबुकमा समाचार शेयर तथा पोष्ट गर्न प्रतिवन्ध लगाएको हो।

Advertisement

फेसबुकमा समाचारहरु निशुल्क पोष्ट गर्न प्रतिबन्ध लगाएपछि सर्वसाधारणको समाचारमा पहुँच कम हुने अनुमान गरिएको छ। तर पैसा तिरेर भने फेसबुकमा समाचार शेयर गर्न मिल्ने बताइएको छ।

अनलाइन पोर्टलका समाचार शेयर गरेर लाखौं भिजिटर बनाउने समाचार पोर्टलहरुका लागि भने यसको ठूलो हानी पुर्याउने भएको छ।

फेसबुकमा संस्थापक मार्क जुकरवर्गले फेसबुकमा समाचार शेयर गर्दा विकृति बढेको, तथ्यहीन समाचारको वर्चस्व स्थापित भएको र फेसबुकनै बदनाम भएको बताउँदै समाचार शेयर गर्न प्रतिवन्ध लगाउने घोषणा गरेका थिए ।

अष्ट्रेलिया जस्तै श्रीलंकामा पनि फेसबुकमा समाचार शेयरमा प्रतिवन्ध लगाउने गरी परीक्षणका रुपमा काम गरिरहेको बताइएको छ ।

विश्वभरका समाचार अनलाइन पोर्टलहरुका लागि मुख्य स्रोत नै फेसबुक भइरहेको समयमा संस्थाले समाचार शेयरमा रोक लगाउने हो भने अनलाइन पोर्टलको सर्वसाधारणमा पहुँच ज्यादै कम हुने अनुमान गरिएको छ।

नेपालमा पनि फेसबुकमा समाचार शेयर गर्दा ब्लक हुने समस्या देखिएको लामो समय भइसकेको छ। एउटै समाचारको लिंक धेरै ग्रुप तथा पेजमा शेयर गर्दा फेसबुकले केही साता वा महिनासम्मका लागि शेयर तथा कुनै पनि गतिविधि हुन नसक्ने गरी ब्लक गरिरहेको छ।

More News last news
Loading...