काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ।
राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाइ महानगरपालिकाले खुला गर्न थालेको हो।
‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उनीहरुको आग्रहमा सहमति दिएका थियौँ’, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘वीर अस्पताल र दरबार हाईस्कुलको पुननिर्माण सम्पन्न चरणमा पुगेपछि हामीले जानकारी गराएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ’ मेयर शाक्यले भने ।
‘
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
