काठमाडौँ । नेपाल टेलिकमसँग सम्बन्धित सेवा, जिज्ञासा सिधै च्याटबाटै राख्न पाइने भएको छ। नेपाल टेलिकमले आफ्ना सेवाबारे जानकारी दिन तथा जिज्ञासा समाधानका लागि ‘एनटी च्याटबट’ सञ्चालनमा ल्याएको छ।
यसका लागि नेपाल टेलिकमको वेबसाइट खालेर होमपेजमै देखिने एनटीसी च्याटबटमा जानुपर्नेछ। त्यहाँ ‘निड हेल्प ? वेलकम टु एनटी च्याटबट’ भनेर लेखिएको बक्समा आफ्ना जिज्ञासा वा लिन चाहेको सेवा राख्न सकिनेछ।
च्याटबटमार्फत फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्याण्ड लाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेजलगायतका जानकारी प्राप्त गर्न सकिन्छ। च्याटबटमार्फत गुनासो राख्न, सुझाव दिन पनि सकिनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
