आज बढ्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

Advertisement

यसैगरी तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

More News last news
Loading...