विनजयजंगविरुद्ध पक्राऊ पूर्जी, नेपालगञ्जबाटै पक्राऊ गरिँदै

काठमाडौँ । बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले नेपालगञ्जबाटै पक्राऊ गर्न लागेको छ। उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो।

बेवारिशी शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन्। उनले आफूसँगै शव व्यवस्थापनमा सक्रिय सपना रोका मगरको अश्लिल तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएका थिए।

Advertisement

सपना बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी थिइन्। त्यसपछि उनी चर्चाको शिखरमा पुगिन्। सपनाको चरित्रहत्या गर्न विनयजंग सक्रिय भएको अभियोग छ।

विनयजंगले युट्युब भिडियोमा अन्तवार्ता दिँदै सपना रोक्का मगरको अश्लिल फोटो र भिडियो आफूसँग रहेको दाबी गरेका थिए। सपनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन्। उजुरी दर्ता गरेपछि अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेको छ।

More News last news
Loading...