नेप्से आज ३३ अङ्कभन्दा धेरैले घट्यो

काठमाढौँ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ। नेप्से आइतबार ३३ दशमलव ३३ अङ्कले घटेर २४ सय ९३ दशमलव ५९ विन्दुमा पुगेको छ। म्युचल फण्डबाहेक अरू सबै समूहको शेयर घटेको छ।

बैंकिङ समूहको शेयर झण्डै २१ अङ्कले, व्यापार र जलविद्युतको २३ अङ्कले, होटलको २५ अङ्कले, उत्पादन ४४, फाइनान्स ११, निर्जीवन बीमा समूहको ७७, अन्य समूहको समूहको शेयर ४५, माइक्रो फाइनान्स ७८ र जीवन बीमा समूहको शेयर दुई सय ३३ अङ्कले घटेको छ।

Advertisement

आइतबार दुई सय दुई कम्पनीका एक करोड ४८ लाख ५१ हजार कित्ता शेयर ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँमा किनबेच भएका छन्। सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको ५२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आइतबार सपोर्ट र स्वाभिमान लघुवित्त कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन्।

समग्र बजार घटे पनि आइतबारदेखि कारोबार सुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का शेयरधनीले १० प्रतिशत कमाएका छन्। ​

More News last news
Loading...