काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइतबार पनि सुनको भाउ केही घटेको रहेको छ।
अघिल्लो दिन तोलाको ६ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला १ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
