भटमासको तेल निर्यात तेब्बर

काठमाडौँ । चालू आर्थिक वर्ष ०७७-७८ को ६ महिनामा भटमास तेल (सोयविन) निर्यात दुई सय ८९ प्रतिशतले बढेको छ।

मुलुकबाट सबैभन्दा बढी निर्यात हुने भटमासको तेल ६ महिनामै यति धेरै प्रतिशतले वृद्धि भएको हो। व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार, ६ महिनामा १७ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ।

Advertisement

यो नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये सबैभन्दा धेरै हो। अघिल्लो वर्ष सो अवधिमा ४ अर्ब ३७ करोड ७३ लाख ५५ हजार रुपैयाँको भटमास तेल निर्यात भएको थियो।

भारतले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएसँगै व्यवसायीले भटमास तेलको कच्चा पदार्थ आयात गरेर पुनः निर्यात गरेका हुन्। विदेशबाट भटमासको कच्चापदार्थ ल्याई पुनः प्रशोधन गरेर भारत निर्यात गर्ने क्रम बढेको छ ।

६ महिनाको अवधिमा व्यवसायीले १७ अर्ब ६७ करोड १२ लाख २ हजार रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ आयात गरेका छन्। कच्चा पदार्थ आयात गरेर मुलुकमा प्रशोधन गरी व्यवसायीले पुनः निर्यात गर्ने गरेका छन्।

नेपालबाट निर्यात हुने वस्तुमध्ये शीर्षस्थान ओगटेको प्रशोधित पाम तेलमा भारतले गत वैशाखदेखि प्रतिबन्ध लगाएपछि अहिले त्यसको स्थान भटमास तेलले लिएको छ।

More News last news
Loading...