काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा आज बिजुली जाने भएको छ।
साँखु, गोठाटार र कोटेश्वरमा आज बत्ती जाने नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले जनाएको छ।
यी क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिने केन्द्रले जनाएको छ।
यो फिडर अन्तर्गतका विद्युत बन्द गरिँदा गोकर्णेश्वर चौतारा, नाम्गेल, वीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटो काठमाण्डौ उपत्यका खानेपानी प्रशोधन केन्द्र र त्यसै सडकखण्ड क्षेत्रमा बत्ती जानेछ।
यस्तै कोटेश्वर फिडर अन्तर्गतका विद्युत दिउँसो साढे १ बजेदेखि साढे ४ बजेसम्म काटिनेछ। यो फिडरको लाइन काटिँदा पेप्सीकोला उद्योग, पेप्सीकोला टाउन प्लानिङ र आसपासका क्षेत्रमा बत्ती जानेछ।
यस्तै, कपन फिडर अन्तर्गतका क्षेत्रमा भोलि बत्ती जानेछ। कपन फिडर अन्तर्गत भोलि बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
