आज घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात बिहीबार सुनको भाउ घटेको रहेको छ।

हिजो स्थिर रहेको सुनको भाउ आज भने प्रतितोला ४ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...