काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।
निगमले गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्य समेत २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ। भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पनि मूल्य बढाएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
