आज घट्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार सुनको भाउ घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...