पोखराको न्यूरोडमा घरको छतबाट खसेर महिलाको मृत्यु

पोखरा । पोखराको न्यूरोडमा आइतबार बिहान एक महिलाको छतबाट खसेर मृत्यु भएको छ।

काठमाण्डौ घरभई पोखरा-८ न्यूरोडस्थित डेरा गरी बस्ने ३५ वर्षीया चन्द्रलक्ष्मी श्रेष्ठको साढे २ तले पक्की घरको छतबाट खसेर मृत्यु भएको हो।

Advertisement

बिहान ७ः३० बजे खसेर गम्भीर घाइते श्रेष्ठको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...