पशुपति हिन्दू विश्वविद्यालय स्थापनाको तयारी शुरू

काठमाडौं । मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन र जगेर्ना गर्ने उद्देश्यसहित पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको छ।

पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा स्थापना गर्न लागिएको यस विश्वविद्यालय स्थापनाका लागि अध्ययन थालिएको छ।

Advertisement

कोषका सदस्यसचिव प्रदीप ढकालले मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन, संरक्षण तथा प्रवद्र्धन गर्न कोषले ‘पशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने अवधारणा ल्याई निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

पशुपति क्षेत्रको सम्पूर्ण विकासका लागि यसअघि निर्माण गरिएको गुरुयोजनामा समेत हिन्दु विश्वविद्यालय स्थापनाको प्रस्ताव समावेश गरिएको जानकारी दिँदै उनले भने, “विश्वविद्यालय स्थापना गर्न अध्ययन सुुरु गरिएको छ।”

उनले भने, “विश्वविद्यालय स्थापनाका लागि अबको एक महिनाभित्र अध्ययन प्रतिवेदन तयार भइसक्ने छ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण प्रक्रिया अगाडि बढाइने छ।”

More News last news
Loading...