प्रदेश-१ प्रदेशसभा बैठक सत्तापक्षबाटै अवरुद्ध, फागुन ९ सम्मका लागि स्थगित

काठमाडौँ । प्रदेश १ को प्रदेशसभा बैठक सत्ता पक्षबाटै अवरुद्ध भएको छ।

१८ दिनपछि आज (आइतबार) बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न लागिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सांसदहरुबाट बैठक अवरुद्ध गरेका हुन्।

Advertisement

बैठक शुरु हुनेबित्तिकै सत्तापक्ष नेकपा ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।

प्रदेश १ मा प्रदेश सभाको सातौं हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार बस्ने तय भएको थियो । माघ ७ गते ३ मिनेट बसेर स्थगित भएको बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाइएको थियो।

बैठक बस्नुअघि आइतबार बिहान ११ बजे सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।

समितिको बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किएपछि सत्ता पक्षले नै बैठक अवरुद्ध गरेको नेकपा प्रचण्ड–नेपाल पक्षका एक नेताले बताए।

More News last news
Loading...