काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ओमानबाट पनि आफ्नो सेवा सुरु गरेको छ।
ओमानको मोर्डन एक्स्चेन्ज को एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको हो।
ओमानमा रहेका नेपालीहरुले मोर्डन एक्स्चेन्ज को एलएलसीको सेवा प्रयोग गरेर सिटी एक्सप्रेसमार्फत नेपालमा सजिलै पैसा पठाउन सक्छन्।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध दश हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ। नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोर्डन एक्स्चेन्ज को एलएलसीको तर्फबाट प्रबन्ध निर्देशक हर्मुज्दा बी डाभरले हस्ताक्षर गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
