आज पनि ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार पनि सुनको भाउ ह्वात्तै घटेको छ। अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले घटेको सुन आज पनि प्रतितोला ११ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ रुपैयाँमा कारोबार भएको थियो।

 

More News last news
Loading...