टेलिकमको १७ औँ वार्षिकोत्सव सम्पन, २ करोड ९ लाख बढी ग्राहक, खुद नाफा नौ अर्ब धेरै

काठमाडौँ । नेपाल टेलिकमले बिहीबार १७ औँ वार्षिकोत्सव मनाएको छ। मुख्य कार्यालय भद्रकालीमा विशेष कार्यक्गरेर टेलिकमले वार्षिकोत्सव मनाएको हो।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशैभरि फोर जी विस्तारको काम छिटो सक्न र फाइभ जीको तयारी गर्न निर्देशन दिए। सेवालाई चुस्त र भरपर्दो बनाउन पनि मन्त्री गुरुङले सुझाव दिए।

Advertisement

२०६० सालमा कम्पनीमा रुपान्तरण भएको टेलिकमका अहिले दुई करोड नौ लाख ग्राहक रहेका छन्। ७७ वटै जिल्लाका ६ सय २० वटा पालिकामा फोर जी सेवा पुर्याएको टेलिकमले गएको आर्थिक वर्षमा नौ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ।

भ्वाइस सेवातर्फ ५३ दशमलव ६५ प्रतिशत बजार हिस्सा रहेको टेलिकमले गएको मङ्सिरसम्म एक करोड ६४ लाख इन्टरनेट प्रयोगकर्ता रहेको दाबी गरेको छ।

देशको ७० प्रतिशत जनसङ्ख्यामा आफ्नो कुनै न कुनै सेवा पुगेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए।

More News last news
Loading...