ग्लोबल आईएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले मङ्गलबार थप तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले सुनसरीको रामधुनी नगरपालिका ५ झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५ लमही र रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ छिप्रिदहमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

Advertisement

तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको सङ्ख्या दुई सय ६७ पुगेको छ।

त्यस्तै, बैंकले ४७ एक्स्टेन्सशन काउण्टर, दुई सय ४५ शाखारहित बैंकिङ्ग सेवा तथा दुई सय ४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकका अहिले २१ लाख बढी ग्राहक रहेका छन्।

More News last news
Loading...