काठमाडौँ । नेपालको सबैभन्दा ठूलो सबस्टेशन मानिएको ४०० केभीको ढल्केवर जीआईएस (स्वचलित) सबस्टेशनको आज औपचारिक उद्घाटन हुँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
उक्त सबस्टेशन गत कार्तिक २६ गते नै पूर्ण रूपमा चार्ज गरिएको थियो । यो ४०० केभीको पहिलो स्वचालित सबस्टेशन हो।
नेपाल विद्युत् प्राधिकरणले २२ करोड ४३ लाखको लगानीमा सबस्टेशन बनाएको हो।
प्राधिकरणले २०१७ डिसेम्बरमा लिन्सन इन्डिया प्रालि (साविकको एबीबी इन्डिया लिमिटेड) लाई उक्त सबस्टेशन बनाउन जिम्मा दिएको थियो।
कम्पनीले सबस्टेशन निर्माण गरिसकेपछि औपचारिक उद्घाटन गर्न लागिएको हो। धनुषास्थित ढल्केवर सबस्टेशनमा आज ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन कार्यक्रम रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
