व्यवसायीको कमिसन बढेपछि पेट्रोलियम पदार्थको मूल्य पनि बढ्ने

काठमाडौँ । पेट्रोल पम्प व्यवसायीको कमिसन दर वृद्धि हुने भएपछि पेट्रोलियम पदार्थको मूल्य पनि बढ्ने भएको छ।

कमिसन वृद्धिसँगै पेट्रोल र डिजेलको उपभोक्ता मूल्यमा औसतमा ०.३६ प्रतिशतले बढ्ने नेपाल आयल निगमले जनाएको छ।

Advertisement

कमिसन नबढाएपछि बढी मूल्यमा पेट्रोल र डिजेल बिक्रि गर्ने चेतावनी दिएपछि आयल निगमले पेट्रोलपम्प व्यवसायीको कमिसन दर वृद्धि गरेको छ।

निगम संचालक समितिको आगामी बैठकले निर्णय गरेपछि वृद्धि भएको कमिसनदर व्यवसायीले पाउने सहमति भएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले हिजो विज्ञप्ति जारी गर्दै साबिकको कमिसनदरमा पेट्रोलमा ०।३९५ प्रतिशत र डिजेलमा ०.४७ प्रतिशत बिन्दु कमिसन बढाएको जानकारी दिए।

यसअघि पेट्रोलमा ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन दिइँदै आएको थियो। यसपटक गरिएको व्यवसायीको कमिसन वृद्धिले उपभोक्ता मूल्यमा चाप बढेको छ।

More News last news
Loading...