देशकै ठूलो ढल्केबर सबस्टेशनको भोलि प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशन तयार भएको छ। सबस्टेशनको सोमबार (भोलि) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ। हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ।

Advertisement

यस्तै, कूल ४००/२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन्। सबस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित हो।

यो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो। सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ।

More News last news
Loading...