काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले आजबाट ऋणपत्र बिक्रिमा ल्याएको छ। बैंकले निष्कासन गरेकोे ऋणपत्रको नाम ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड’ रहेको छ।
कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित मुल्यका ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।
बैंकले निष्कासन गर्ने कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्रि गर्ने भएको छ। ८० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ।
१ अर्ब ६० करोड रुपैयाँको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि बिक्रि गर्ने भएको हो। उक्त ऋणपत्रमा २५ कित्ता देखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। ऋणपत्र माघको २० गतेसम्म बिक्रि तथा खुल्ला रहनेछ।
ऋणपत्रको निष्कासन तथा बिक्रि प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानी गर्न इच्छुकहरुले धितोपत्र बोर्डबाट अनुमति पाएका सि आस्बा सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरु र उनीहरुले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
