भारतद्वारा छिमेकीलाई ५५ लाख खोप सहयोग, अफ्रिकी देशहरुलाई एक करोड डोज दिँदै

काठमाडौँ । भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोना भाइरसविरुद्धको ५५ लाख डोज खोप सहयोग गरेको छ। एक करोड अफ्रिकी देशहरु र १० लाख खोप राष्ट्रसंघका स्वास्थ्यकर्मीलाई

एक करोड खोप अफ्रिकी देशहरुलाई दिने योजना रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ। त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीलाई दिन लागिएको पनि मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

Advertisement

ओमन, तथा क्यारेबियाका १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोनाविरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवको भनाइ छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइँमा भारतले धेरै देशहरुलाई साथ दिन चाहेको घोषणा गरेका छन्।उनले अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड दिएका छन् । तर पहिलो जिम्मेवारी भने छिमेकीहरुप्रति हुने प्रधानमन्त्री मोदीको भनाइ छ।

भारतले नेपाललाई अनुदानस्वरूप कोरोनाभाइरसको १० लाख मात्रा खोप पठाइसकेको छ। गत बुधबारबाट नेपालमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई यो खोप लगाउन सुरु गरिएको छ।

पहिलो दिन बुधबार देशभर ९ हजार ८४ जनालाई खोप लगाइएको छ भने बिहीबार २६ हजारबढीलाई यो खोप लगाइएएको छ ।

More News last news
Loading...