आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात बिहीबार पनि सुनको भाउ घटेको छ।

अघिल्लो दिन तोलाको ७ सय रुपैयाँले घटेको छापावाल सुन आज प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...