म्यानचेस्टर सिटीले वेस्ट ब्रुमलाई उसैको घरेलु मैदानमा धुलो चटायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले गोलको वर्षा गरेको छ।

मंगलबार राति भएको लिगको १९औं साताको खेलमा सिटीले रेलिगेसन जोनमा रहेको वेस्ट ब्रुमलाई उसैको घरेलु मैदानमा ५-० गोलअन्तरले पराजित गरेको हो। अवे मैदानमा सिटीलाई जिताउन चारजना खेलाडीले गोलमा आफ्नो नाम लेखाए।

Advertisement

खेलको छैटौं मिनेटमा गुन्डोगानको गोलबाट सिटीले अग्रता लिएको थियो। त्यसपछि २०औं मिनेटमा जोआओ कान्सेलोले गोल गरेपछि सिटीले अग्रता दोब्बर पारे।

त्यस्तै, खेलको ३०औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको गोलसंख्या तीन पु-याए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा रियाद महारेजले गोल गर्दै पहिलो हाफसम्म सिटीलाई ४–० अगाडि पारे।

त्यसपछि खेलको ५७औं मिनेटमा रहिम स्टर्लिङले सिटीको पा“चौं गोल सम्भव पारे। यो जितपछि सिटीले १९ खेलबाट ४१ अंक जोडेको छ।

More News last news
Loading...