काठमाडौँ । आज साताको तेस्रो दिन अर्थात मंगलबार सुनको भाउ बढेको छ।
अघिल्लो दिन तोलाको २ सय रुपैयाँले घटेको सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
