झापामा पौडेल वंश महासंघको जिल्ला भेला, जिल्ला समिति गठन

झापा । आत्रेय गोत्रीय पौडेल वंश सम्बद्ध संस्थाहरुको छाता संगठन पौडेल वंश महासंघ झापाको प्रथम जिल्ला भेला शनिबार दमकमा सम्पन्न भएको छ।

बर्षौंदेखि अस्तित्वमा रहेका पौडेल सम्बद्ध विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुसहित पौडेल बन्धुहरु सहभागी भेलाले नेत्र पौडेलको अध्यक्षतामा महासंघको जिल्ला समिति गठन गरिएको हो।

Advertisement

दमक ७ स्थित पौड्याल वंशोद्धार केन्द्रिय समितिको भवनमा सम्पन्न भेलाले उपाध्यक्षमा हरि पौडेललाई चयन गरेको छ। त्यस्तै सचिवमा छबिलाल पौडेल र कोषाध्यक्षमा मुना पौडेललाई चयन गरेको छ।

सदस्यहरुमा सुकदेव, शिव, काजिमान, गोपाल र गोविन्द प्रसाद पौडेल चयन भएका छन्। महासंघको जिल्ला समितिलाई जिल्लाका सबै पालिकाहरुबाट बन्धुहरुको प्रतिनिधित्व हुने गरी विस्तार गरिने जनाइएको छ।

महासंघका केन्द्रिय अध्यक्ष लोकनाथ पौडेलको प्रमुख आतिथ्यमा भएको भेलाको अध्यक्षता डिल्लीराम पौडेलले गरेका थिए।

कार्यक्रमको उद्धेश्यमाथि केन्द्रिय सचिव उद्धव पौडेलले प्रकाश पारेका थिए भने सो भेलामा प्रमुख अतिथी लोकनाथसहित महासंघकी केन्द्रिय उपाध्यक्ष बालिका पौडेल र केन्द्रिय सदस्य कमल प्रसाद पौडेलले पनि शुभकामना मन्तव्य राखेका थिए।

सदस्य उद्धव पौडेल, कालिकोटे खडका बन्धु समाजका अध्यक्ष धनबहादुर खडका लगायतले शुभकामना मन्तव्य राखेका महासंघका केन्द्रिय सदस्य युवराज पौडेलले जानकारी दिए।

More News last news
Loading...