काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइतबार सुनको भाउ घटेको छ।
अघिल्लो दिन तोलाको २ सय रुपैयाँले घटेको सुन आज प्रतितोला २ सय रुपैयाँले प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
